अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

नेपालबाट आउनुभएका विज्ञहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

बिआरटीनेपाल २०७४ फागुन ३ गते ६:५९ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको नाममा सञ्चालित अमेरिकाको एटलान्टा स्थित कार्टर सेन्टरको निमन्त्रणामा गोष्ठीमा भाग लिन नेपालबाट चार सदस्यीय टोली आउनुभएको छ | उक्त टोलीमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, नेपाल पत्रकार महासङ्घका पूर्व सभापति तारानाथ दाहाल, मानव अधिकारकर्मी एवं सञ्चारकर्मी बन्दना राणा र मानव अधिकारकर्मी सरु जोशी श्रेष्ठ सहभागी रहनु भएको छ । कार्टर सेन्टरको उक्त कार्यक्रम पछि वहाँहरूको सम्मानमा एटलान्टावासी नेपाली समुदायसँग एउटा सुमधुर भेटघाट सहित नेपालको समसामयिक स्थिति, अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जमर्को गरेका छौँ | निम्न मिति, स्थान, समयमा सम्पन्न हुने भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित भैदिनुहुन सबै महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ |

कार्यक्रम हुने:
स्थान : Himalayan Spice Restaurant
2773 Clairmont Rd, Atlanta, GA 30329
मिति: फेब्रुअरी १५, २०१८ बिहीबार
समय: साँझ ७.३० बजे

सम्पर्क:
सूर्य लम्साल: ७७४-८८८-७०५९
मोहन तिमिल्सिना: ६७८-४७७-३५१२
मनोज सिलवाल: ६७८-३८६-६०७०
राजा घले: ४०४-४४७-८२७२

प्रतिक्रिया