अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

‘हिमाल मुनी’बाट कन्दरा ब्याण्डको पूनरागमन (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन ३ गते ५:५४ मा प्रकाशित

सांगीतिक समुह कन्दरा लामो समयपछि दर्शक तथा स्रोतामाझ आएको छ । कन्दराका गायक बिवेक श्रेष्ठको स्वरमा उक्त रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

लामो समयदेखि संगीत सिर्जनामा सक्रिय कन्दरा ब्याण्डले आफ्नो पछिल्लो एल्बम ‘भेडी गोठैमा’ मा समावेश गरिएको ‘हिमाल मुनी…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको उक्त भिडियो माया गर्ने जोडीहरुलाई समर्पित गरिएको गायक बिवेक श्रेष्ठले बताएका छन् ।

कन्दरा ब्याण्डकै संगीतकर्मी सुनिल थापाले उक्त गीतमा शब्द तथा संगीत दिएका छन् । संगीतकार तथा गायक अल्मोडा राना उप्रेती उक्त गीतका संगीत संयोजक हुन् ।

हिमाली क्षेत्रका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन
जीवन रसाइलीले गरेका छन् । निर्देशक रसाइलीले नै यो भिडियोको छायांकन तथा सम्पादन गरेका हुन् । छायांकनमा उनलाई पुस्कर थापा तथा सूरज श्रेष्ठले सहयोग गरेका छन् । भिडियोले कन्दराले आफ्नै अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

प्रतिक्रिया