अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

फागुन ७ गते देखि बक्स अफिस लागु हुने

बिआरटीनेपाल २०७४ फागुन ३ गते ०:३१ मा प्रकाशित

नेपाल चलचित्र बिकास बोर्डले औपचारिक रुपमा बक्स अफिस प्रणाली इ टिकेटिङको शुरु भएको जानकारी गराएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दे बोर्डले यहि फाल्गुन ७ देखि लागु हुनेगरी बक्स अफिसले औपचारिकता पाएको जानकारी दिइयो ।

सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोर्ड अध्यक्ष, निकिता पौडेल, बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जन, सदस्यहरु प्रदीप कुमार उदय, आकाश अधिकारी उपस्थीत थिए ।

बक्स अफिस सिष्टम बोर्ड मातहतमा रहने छ । जसको संचालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहवले गर्नेछ । यस्तै उपत्यका बाहिर संचालनमा रहेका सिनेमा हलहरुमा सुबिसुले निशुल्क इन्टरनेट सेवा प्रदान गर्ने पत्रकार सम्मेलन माझ बताइएको छ । चलचित्रकर्मी, चलचित्र क्षेत्रसंग अवद्ध रहेका मानिसहशरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष बक्स अफिस प्रणालीले फाइदा पुग्नेछ भन्ने मन्त्री बस्नेतले आश राखेका छन् । चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न चाँडै नै दोलखामा फिल्म सिटी निर्माण कार्य थाल्ने पनि मन्त्री बस्नेतले बताएका छन् ।

चलचित्र बिकास बोर्डमा नियुक्त भएको ३ महिना नबित्दै लामो समय देखि चलचित्रकर्मीहरुले उठाउंदै आएको बक्स अफिसको मुद्दालाई निकिता पौडेलले पूर्णता दिएकी हुन् । फाल्गुन देखि उपत्यका भित्र सन्चालनमा रहेका ‘मल्टीप्लेक्स’ सिनेमा हलहरुमा शुरु हुने इ टिकेटिङ सिष्टम बैशाख १ देखि सम्पूर्ण सिनेमा हलहरुमा र साउन १ देखि उपत्यका बाहिरका सिनेमा हलहरुमा इ टिकेटिङ सिष्टमा जडान गरिने जानकारी अध्यक्ष पौडेलले दिइन् ।  आर्थिक पारदर्शिता हुने भएका कारण चलचित्रको व्यवसायसंग जोडिएका हरेक पक्षलाई आर्थिकरुपमा उपलब्धी हुनेछ । बक्स अफिस प्रणालीद्धारा प्राप्त हुने आर्थिक रिपोर्ट चलचित्रका निर्माता, हल सन्चालक र वितरकले मात्रै हेर्न पाउंने बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जनले बताए ।

प्रतिक्रिया