अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 21:01

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त – आज साँझ ४ बजे सपथ ग्रहण

बिआरटीनेपाल २०७४ फागुन ३ गते ०:१२ मा प्रकाशित

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। मुलुकको ४१ औं प्रधानमन्त्री का रुपमा नियुक्त ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरिएको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको केहीबेर पछि उनलाई नेपालको प्रधानमन्त्री नियुक्त गरिएको हो ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठन भएको हो ।

यसअघि ओली आफूलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले राष्ट्रपतिसमक्ष समर्थनको पत्र बुझाएका थिए। ओलीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, माधव नेपाल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, अग्नी खरेल पत्रसहित शितलनिवास पुगेका थिए।

नवनियुक्त प्रधानमन्त्री ओलीले आजै दिउँसो ४ बजे शीतल निवासमा सपथ लिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू