अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

बंगलादेशी गीतको म्यूजिक भिडियोमा नारायण ढकालको अभिनय

बिआरटीनेपाल २०७४ फागुन २ गते ७:०७ मा प्रकाशित

नेपाली गीत संगीतमा चर्चा कमाएका मोडल एवं निर्देशक नारायण ढकाल यतिखेर भने अन्तर्राष्ट्रिय बजारमा पनि आफूलाई स्थापित गर्ने सोचमा लागि परेका छन् । उनीद्वारा अभिनित बंगलादेशी गीतको म्यूजिक भिडियो भ्यालेन्टाइन डेको छेको पारेर सार्वजनिक भएको छ ।

बंगलादेशबाट नेपाली मोडल र नेपाली पर्यटकीय क्षेत्रलाई कैद गरेर निर्माण गरिएको म्यूजिक भिडियो ‘तोमर आकाश’ मा नारायण ढकालको साथमा बंगलादेशकै मोडल तान्जिन तिसाले अभिनय गरेकी छन् । यस म्यूजिक भिडियोलाई बंगलादेशकै निर्देशक तनिम रहमान आङ्शुले निर्देशन गरेका हुन् ।

बंगलादेशकै चर्चित गायिका सुस्मिता अनिशको स्वरमा रहेको तमोर आकाशलाई सोहेल अर्मनले लेखेका हुन् । संगीत निर्देशक अदितको संगीत रहेको यस गीतको म्यूजिक भिडियोलाई अर्फूज्जामनले छायाँकन गरेका हुन् भने वाम्मी रहमानले सम्पादन गरेका हुन् ।

यस गीतको म्यूजिक भिडियो र कलाकार छनौटका लागि नेपालबाट चित्रकार एवं गायक ज्योतिप्रकाशले संयोजन गरेका थिए । म्यूजिक भिडियोमा अभिनय गर्दै आएका धेरै मोडलहरुमध्ये नारायण ढकाललाई मन पराएको ज्योतिप्रकाशले बताए ।

 

प्रतिक्रिया