अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

यसरी हुँदैछ राजकुमार ह्यारी र नायिका मेगनको बिहे

बिआरटीनेपाल २०७४ फागुन २ गते ६:२२ मा प्रकाशित

बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगन मर्केलको बिहे आगामी मे १९ मा हुने तय भइसकेको छ । उनीहरूको बिहेको तयारी बारे थप तथ्य फेला परेको छ ।

बिहे स्थानीय समय अनुसार बिहान ७ बजे सुरु हुनेछ । बिहेको मिति यस अघि नै तय भइसके पनि समय भने सार्वजनिक गरिएको थिएन । बिहे विण्डसर क्यासल (महल) स्थित सेन्ट जर्जेज चापेलमा हुँदैछ । बिहेमा बढीभन्दा बढी मानिस सहभागी गराउने योजना छ ।

बिहेको विधिमा डिन अफ विण्डसर, राइट रिभरेन्ड डेभिड कोन्नर र आर्कविशप अफ क्यान्टबरी सरिक हुने केन्सिङ्टन प्यालेसले जनाएको छ । केन्सिङ्टन प्यालेस राजकुमार ह्यारीको निवासस्थान हो ।

बिहेमा ह्यारी र मर्केलको जोडीले सेन्ट विण्डसर क्यासलदेखि अल्बर्ट रोड हुँदै सेन्ट र्जर्जेज चापेलसम्मको लामो दुरी पार गर्नेछन् । जोडीले बग्गीमा बसेर विण्डसर क्यासल छाड्नेछन् । उनीहरू अबर्ट रोड, किङ्स रोड, सिट स्ट्रिट, हाइ स्ट्रिट, र क्यासल हिल हुँदै सेन्ट जर्जेज चापेल पुग्नेछन् ।

केन्सिङ्टन प्यालेसले जारी गरेको विज्ञप्ति अनुसार बिहेमा धेरै भन्दा धेरै मानिस सहभागी हुन सकुन भनेर लामो यात्राको कार्यक्रम तय गरिएको हो । बिहे भोज सेन्ट जर्जेज हलमा दिइने छ । साथै, आफन्त र नजिकका साथीभाइलाई ह्यारीका पिता राजकुमार चाल्र्सले साँझ छुट्टै भोज दिनेछन् ।

ह्यारी र मर्केलले गत नोभेम्बरमा आफ्नो इङ्गेजमेन्ट सार्वजनिक गरेका थिए । बिबिसीलाई दिएको अन्तर्वार्ता अनुसार उनीहरूको भेट २०१६ जुलाईमा भएको थियो । उनीहरूको भेट दुवैको साथीले आयोजना गरेको ब्लाइन्ड डेटमा बोत्स्वानामा भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू