अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

रियलमा मात्र होईन रिलमा पनि देख्न पाईयो गायक अमृत छेत्री दम्पतीलाई

बिआरटीनेपाल २०७४ फागुन १ गते १०:१५ मा प्रकाशित

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ’मग मग’ लिएर दर्शक तथा श्रोता सामु आएका छन् । गीतमा अमृतसंगै उनकै श्रीमती संगीता छेत्री फिचरीङ छिन । गीतको भिडियोमा यी दुईको प्रेमलाई देखाइएको छ । गीतमा एक अर्काको प्रेमको चर्चा गरिएको छ ।

गीतलाई माया गर्ने जोडीले रुचाउने विश्वास गायक छेत्रीको रहेको छ । गीतमा माया आभास गराउने मोमेन्ट राखिएको छ । गीतमा एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतलाई बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् भने यसलाई विकास धमलाले सम्पादन गरेका हुन् । गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

अमृत छेत्री, गायक – यस गीतमा माया गर्ने जोडीको प्रेम भावलाई व्यक्त गरिएको छ भने हामीले भिडियोमा पनि त्यहि भाव देखाउने प्रयास गरेका छौ । यो गीत मेरो लागि खास छ किनकी गीतमा म संगै मेरी मायालु (श्रीमती) देखिएकी छिन । गीतको अडियो जसरि तयार भयो यसमा निर्देशक (निकेश खड्का ) ले संगीता नै उपयुक्त हुन्छ भनेपछि उनलाई नै फिचरीङ गरिएको हो । यसमा आफ्नो मायालु साथै भए हरेक छन् विशेष हुने भावलाई ब्यक्त गरिएको छ ।

निकेश खड्का , निर्देशक – गीतलाई भ्यालेन्टाइन डे कै वरपर रिलिज गर्ने प्लानिङ अनुसार भिडियो तयार गरिएको हो । त्यसैले यसमा मायाका भावलाई दृश्य मार्फत पनि ब्यक्त गराउने प्रयास गरेको छु । अडियोलाई न्याय गरे जस्तो लाग्छ । गीतमा अमृत र संगीताले राम्रो काम गर्नु भएको छ ।

प्रतिक्रिया