अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

केदारनाथको शिर ‘डोलेश्वर महादेव’ मन्दिरमा महाशिवरात्रीे रौनक (फोटो फिचर)

बिआरटीनेपाल २०७४ फागुन १ गते १:५८ मा प्रकाशित

हरेक वर्ष झै यो वर्षको महाशिबरात्रिका दिन केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरुको चाप रहेको छ । उपत्यका भित्रका शिव मन्दिरहरु मध्ये डोलेश्वर केदारनाथको शिरमा शिवरात्रिका दिन दर्शनार्थीहरुको भिड बिगतका वर्षहरुझै लागेको छ ।

पर्वका समयलाई ध्यान दिँदै दर्शनार्थीहरुलाई सहज दर्शनका लागि विभिन्न खालको व्यवस्था समेत गरिएको छ । मन्दिरमा विशेष पुूजाआजा, हवन र रुद्धाभिषेक गरि पञ्चस्नान गराउने समेत ब्यवस्था समितिले मिलाएको छ । पर्वका समयमा हुने विभिन्न सुरक्षा अवस्थालाई ध्यान दिँदै जगाती प्रहरी र सवारी ब्यवस्थापनका लागि भक्तपुर ट्राफिक प्रहरीको समेत परिचालन गरिएको छ ।

दर्शनका लागि आएका भक्तजनहरुको निःशुल्क स्वास्थ्य परिक्षणका लागि स्वयंसेवक रुपमा नेपाली सेना वीर दल गण सूर्यविनायकका चिकित्सकले स्वास्थ्य शिविर समेत उपलब्धता रहेको छ ।

पछिल्लो समय डोलेश्वर मन्दिर परिसरमा भक्तजनको आगमन बढ्नुका साथै स्वदेश र बिदेशबाट समेत उल्लेख्य रुपमा साधु सन्त र बाबाहरुको आगमन समेत बढेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले जानकारी दिए ।

त्यस्तै समितिका सचिव तथा प्रचारप्रसार समितिका संयोजक मोहन बल्लले महाशिवरात्रीका समयमा आएका साधुसन्तहरुलाई भोली बिदाई गरिने जानकारी दिए । उनले समितिको वार्षिक कार्यक्रम अनुसार आज भक्तजनहरुले आफै मन्दिर भित्र गई पूजाअर्चना गर्न पाउने भएकाले पनि भक्तजनहरुको भीड लागेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू