अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 02:35

श्रीमानसँग सम्बन्ध विच्छेद गर्न नमान्दा जिउँदै जलाइएकी हजरा खातुनको मृत्यु

बिआरटीनेपाल २०७४ माघ २९ गते २०:०९ मा प्रकाशित

घरपरिवारबाटै जिउँदै जलाइएकी २० वर्षिय हजरा खातुनले उपचारको क्रममा सोमबार प्राण त्यागेकी छिन् ।

काठमाडौंको कीर्तिपुर अस्पतालमा सोमबार दिउँसो उनको मृत्यु भएको परिवारजनले जानकारी गराएका छन् । श्रीमानसँग सम्बन्ध विच्छेद गर्न नमान्दा उनलाई मट्टीतेल खन्याएर घरमै जलाइएको थियो ।

धनुषाको क्षिरेश्वरनगरपालिका ८ हार्सरकी हजरालाई माघ २० गते विहान ९ बजे श्रीमान रसिदसहित सासुससुराले मिलेर घरमै मट्टीतेल जिउँमा खन्याएर आगो लगाएको आरोप माइतपक्षको रहेको छ ।

उनलाई प्रहरीले घरबाट जल्दै गर्दा उद्धार गरि जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको थियो तर, यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं किर्तिपुर अस्पतालमा भर्ना गरिएको थियो । जलाइएको दश दिनपछि उनको मृत्यु भएको हो । उनको टाउको भन्दा तलको शरीको सम्पूर्णभाग जलेको थियो ।

घटनापछि हजराले आफुलाई पति रसिद राइन, ससुरा अलिशेख कवारी, सासु रामसुनरि खातुन र नन्द जाहिर खातुन मिलेर जिउँमा मट्टी तेल छर्की आगो लगाएको बयान दिएकी थिइन् ।

घटना पश्चात हजराकी आमा जनकपुर उपमहानगरपालिका २० देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराकी श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरि खातुन र नन्द जाहिर खातुन माथि जाहेरी दिएकी छिन् ।

छोरीको मृत्यु भएको सुन्दा स्तब्ध भएका बुवा सकुर राइनले आफ्नो छोरीको हत्यामा संलग्न भएका सबैमाथि कार्वाही हुनुपर्ने मांग गरेका छन् । प्रहरीले हालसम्म हजराकी श्रीमान रसिदलाई मात्रै पक्राउ गरेको छ । रसिदमाथि प्रहरीले ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।अन्नपूर्ण पोस्टमा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू