अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

‘क्यान ईन्फोटेक मेला’ फागुन २ देखि

बिआरटीनेपाल २०७४ माघ २९ गते ६:५३ मा प्रकाशित

सातौं स्टाटअप क्यान ईन्फोटेकको तयारी पुरा भएको आयोजकले बताएको छ । सोमबार प्रदर्शनीस्थल बुटवल मण्डपमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

तस्वीर : ईन्फोटेकको मुख्य आर्कषणका रुपमा रहेको नेपालमै पहिलो पटक अत्याधुनिक सुरक्षा उपकरण जडित प्रबिधियुक्त घर

(तस्वीर : ईन्फोटेकको मुख्य आर्कषणका रुपमा रहेको नेपालमै पहिलो पटक अत्याधुनिक सुरक्षा उपकरण जडित प्रबिधियुक्त घर)

कार्यक्रममा बोल्दै क्यान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले विकेन्द्रिकृत अवधारण अनुसार प्रदर्शनी आयोजनाको तयारी भएको बताए । ‘सातै प्रदेशका मुख्य शहरहरुमा प्रदर्शनी गर्ने केन्द्रको योजना छ ।’– उनले भने ।

यसअघि काठमाण्डौ केन्द्रिय ईन्फोटेकलाई देशभरमा प्रचारप्रसार गर्ने लक्ष्यसहित पाच नम्बर प्रदेशमा हुन लागेको उनले बताए । अवलोकनकर्ता धेरै भित्राउने मुख्य उद्येश्य रहेको भन्दै उनले सुचनाप्रविधिबारे ज्ञानदिने गरि कार्यक्रम गरिएको बताए ।

जिल्लाअध्यक्ष नारायण श्रेष्ठले सातौ संस्करणका रुपमा आयोजना गरिन लागेको ईन्फोटेकको सबै तयारी पुरा भएको भन्दै विगतमा भन्दा फरक र नया विशेषतासहित आम दर्शकहरुले अवलोकन गर्न पाउने बताए । एकै थलोमा नया र नौलो प्रविधि, उपकरणको प्रर्दशनी गरि उपभोक्ताहरुलाई खरीदबिक्रीका लागि सहज हुने बताए ।

फाल्गुण २ देखि ६ गतेसम्म संचालन हुने मेलामा दर्शक लोभ्याउन नेपालमै पहिलो पटक अत्याधुनिक सुरक्षा उपकरण जडित प्रबिधियुक्त घर निर्माण गरिएको उनले बताए । मेलाको उद्घाटन नेकपा एमाले प्रदेश नम्बर पाचका संसदिय दलका नेता माननिय शंकर पोखरेलले गर्ने उनले बताए ।

मेलाको मुख्य प्रायोजक स्टाटअपको संचालक सन्तोष गौतमले प्रविधि सिकाउने रुपमा मेला आयोजना भएको बताए । अवलोकनकर्ताहरुले स्टाटअपको स्टलमा विशेष छुट पाउने ब्यवस्थासमेत गरिएको उनले बताए ।

ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्यूनिकेशन, आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका स्टल रहने छन् । मेला ५० हजार दर्शकले अवलोकन गर्ने र २ करोडको कारोबार हुने अपेक्षा आयोजकको छ ।

सो प्रदर्शनीमा फ्रि सर्भिस क्याम्प, नेपाली टाईपिङ कम्पिटिसन, डान्स कम्पिटिसन,आइसिटी क्विज, भर्चुवल गेमिङ लगायत पनि आर्कषणको रुपमा रहने र सचिब बिरबहादुर क्षेत्रीले बताए । सुचनाप्रविधिसम्बन्धि जानकारीमुलक १ सय ३० स्टल प्रदर्शनीमा रहने उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू