अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

प्रशंसा बटुल्दै ‘कृ’

बिआरटीनेपाल २०७४ माघ २९ गते २:०१ मा प्रकाशित

शुक्रबारबाट सयबढी चलचित्र हलहरुमा एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘कृ’ को आईतबार साँझ राजधानीको कुमारी हलमा बिशेष शो गरिएको छ । बिविध प्राविधिक कारणले गर्दा प्रिमियर गर्न नपाएको चलचित्र टिमले केहि चलचित्रकर्मी, ब्यावसायी तथा सञ्चारकर्मिका बिच भब्य तरिकाले बिशेष शो सम्पन्न गर्यो ।

यसैबिच चलचित्र हेरेपछि धेरैले नायक अनमोल केसीको कामको प्रशंशा गरे । धेरैले अनमोलको चलचित्रप्रतिको मेहनतको तारिफ गरेका थिए । साथै अनमोल र नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहेको यो चलचित्रमा अनुपबिक्रम शाहीको काम पनि प्रशंशा योग्य छ त्यसैले पनि धेरैले अनुपबिक्रमको फ्यान भएको भन्दै निस्किएका थिए ।

चलचित्रका निर्देशक सुरेन्द्र पौडेलको कामको पनि निकै तारिफ सुनिएको थियो । विशेष शो हेर्न सरोज खनाल, सिताराम कट्टेल, कुञ्जना घिमिरे, भूवन चन्द, प्रदिप भट्टराई, संचारकर्मी रवि लामिछाने, शोभित बस्नेत हलमा पुगेका थिए ।

चलचित्र हेरेका अधिकांशले यसको मेकिङ, एक्सन र प्राविधिक पाटोलाई प्रशंसा गरे । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्रलाई सुवास गिरी र भूवन केसीले मिलेर बनाएका हुन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा चन्द्र पन्तको एक्सन निर्देशन छ । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया