अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०९ | Colorodo: 08:24

जाडो छल्न बाहिरिएका मनाङवासी जिल्ला फर्कन थाले

बिआरटीनेपाल २०७४ माघ २९ गते ०:४९ मा प्रकाशित

पुस महिना लागेसँगै हिमपात र अत्यधिक चिसो छल्न जिल्ला बाहिर गएका मनाङका वासिन्दा विस्तारै घर फर्किन थालेका छन् ।

मंसिर महिनामा घरको सबै कामकाज सकेर जाडो छल्नका लागि जिल्ला बाहिर जाने प्रचलन रहेको छ ।

व्यापारिक प्रयोजनका लागि हिमाली जडीबुटी निरमसी, जिम्फू, पाँचऔंलेजस्ता जडीबुटी बोकेर गएका मनाङ्गेहरु व्यापार सकेर जिल्ला फर्कन थालेका छन् । जाडोको मौसम सकिएलगत्तै जिल्लामा रहेका विद्यालय शुरु हुने र आन्तरिक तथा बाह्य पर्यटकको याम शुरु हुने भएकाले उनीहरु आफ्ना व्यवसाय सञ्चालन गर्न आइपुगेका हुन् ।

मौसममा सुधार भई आकाश खुलेर हिमालमा चमक आएपछि मनाङमा मौसम शुरु भयो भनेर बुझिन्छ । वर्षको एक पटकमात्र खेती हुने यस जिल्लामा जाडो सकिएसँगै नयाँ बालीको मौसम शुरु हुने भएकाले पनि मानिस खेती लगाउन जिल्ला फर्कने गर्छन् ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू