अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५२ | Colorodo: 09:07

भरत कुमाल र टिका पुनको लोकदोहोरी गीत ‘मान्छे हुँ म’ सार्वजनिक (भिडियो )

रोशन पोखरेल-विराटनगर २०७४ माघ २९ गते ०:२४ मा प्रकाशित
गायक भरत कुमाल र गायिका टिका पुनको आवाजमा रहेको लोकदोहोरी गीत ‘मान्छे हुँ म’ को भिडियो सार्वजनिक भएको छ । भरत कुमालको शब्द र संगीत रहेको ‘मान्छे हुँ म’भैरबकालिका म्युजिक प्रालीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।
मान्छेको जिवन भोगाईमा आइपर्ने साना तिना अवरोधले मानिसको जिवनमा आउने विचलन र निराशालाई गितमा समेटिएको छ । आज गरेको तिरस्कार पनि भाविश्यमा पछुतो हुने कुरा गीतमा सन्देशको मार्फत समेटिएको छ ।
सष्टाका उत्कृष्ट रचनाहरु आम दर्शक तथा श्रोता माझँमा निरन्तररुपमा  भैरबकालिका म्युजिक  प्रालिले सार्वजनिक गरिरहेको छ ।  म्युजिक भिडियोमा लोकेन्द्र शाही ठकुरी र रन्जिता गुरुङ को अभिनय रहेको छ । अहिलेका निकै ब्यस्त तथा कुशल निर्देशक काजिश श्रेष्ठले गीतको भिडियोमा निर्देशन गरेका हुन । भिडियोलाई अजय रेग्मीले  छायांकन र रमित ओलीले सम्पादन गरेका हुन  ।

प्रतिक्रिया