अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 11:01

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलद्वारा शपथ ग्रहण

बिआरटीनेपाल २०७४ माघ २८ गते २२:३८ मा प्रकाशित

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । हिजो प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नियुक्त भएका पौडेलले आज बिहान प्रदेश प्रमुख अनुराधा कोइरालाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

काठमाडौंको तत्कालिन फर्पिङ्ग गाबिसमा बि.सं. २००२ साल चैत्र १५ गते जन्मिएका डोरमणि पौडेलको हेटौंडा उपमहानगरपालिका–११, नवलपुरको स्थायीवासी हुन्। बाबा मायानाथ पौडेल र आमा कुलकुमारी पौडेलका ५ छोरी र २ छोरामध्ये जेठा छोरा डोरमणिले मानविकी संकायमा स्नातक सम्मको शिक्षा हासिल गरेका छन्। उनले प्रारम्भिक शिक्षा भने फर्पिङ्गको त्रिभुवन आदर्श बोडिङ्ग स्कूलबाट लिएका थिए।

वि.सं. २०३० सालदेखि बिद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए। ७२ बर्षिय पौडेलले प्रदेश नम्बर ३ को जेष्ठ सदस्य भएकाले सभामुखको भुमिका निर्वाह गरेपछि उनको उचाई थप बढेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू