अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

रुसी विमान दुर्घटनाग्रस्त, सम्पूर्ण ७१ जनाको मृत्‍यु

बिआरटीनेपाल २०७४ माघ २८ गते ९:१९ मा प्रकाशित

रुसी विमानका यात्रु र चालकदलका सदस्यहरू सहित गरी ७१ जना सवार रुसी विमान दुर्घटनाग्रस्त भएको छ । उक्त विमानमा सवार सम्पूर्णको मृत्‍यु भएको छ । मस्कोको डोमोडेडोभो एअरपोर्टबाट युरल्सका लागि उडेको उक्त जहाज राडार सङ्केतबाट हराए लगत्तै दुर्घटना भएको रुसको न्युज एजेन्सी तासले जनाएको छन् । दुर्घटना भएको विमान सारातोफ एयरलायन्सको एएन-१४८ क्षेत्रीय विमान हो ।

जहाज मस्कोको रमेन्स्कोए डिस्ट्रिक्टमा खसेको जानकारी रसियाको इमर्जेन्सी मन्त्रालयले दिएको छ । पुटीनको प्रवक्ता दिमित्री पेसकोव अनुसार, रुसी राष्ट्रपति व्लादिमीर पुतिनले “विमान दुर्घटनाको सम्बन्धमा विशेष आयोग” निर्माणको आदेश दिएका छन्।  “राष्ट्रपतिले दुखद घटनामा पारी ज्यान गुमाउने आफ्ना प्यारा जनताहरू हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तन्त परिवार प्रति गहिरो समबेदना व्यक्त गरेका छन् ।”

रसियिाली छानविन समितिले दुर्घटनाको कारण अध्ययन गरी प्रशासनलाई प्रतिवेदन बुझाउन काम शुरु गरिसकेको बताएको छ । रसियाली यातायात मन्त्री माक्सिम सोकोलोभ घटनाबारे बुझ्न र मृतकका आफन्तलाई सान्त्वना दिन दुर्घटनास्थलतर्फ उडिसक्नुभएको छ ।

फोटो साभार: सिएनएन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू