अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

यूएईविरुद्ध कप्तान पारस खड्काको अर्धशतक पूरा

बिआरटीनेपाल २०७४ माघ २८ गते ७:५९ मा प्रकाशित

आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टू मा यूएईविरुद्धको खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् । यूएईले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालका लागि खड्काले उनले ४२ बलमा ४ चौका र ५ छक्काको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान पारसले एकातर्फबाट विकेट गइरहे पनि अर्को तर्फबाट विष्फोटक इनिङ खेल्दै अर्धशतक पूरा गरे।

प्रारम्भिक ब्याट्सम्यान दिलिप नाथ २, ज्ञानेन्द्र मल्ल ५ र दिपेन्द्रसिंह ऐरी ४ रन र शरद भेषावकर ३ रनमा आउट हुँदा कप्तान पारस खडका ५०रनका साथ खेलिरहेका हुन् । पारसलाई आरिफ शेखले ३ रन बनाएर साथ दिइरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू