अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

इन्डोनेसिया सडक दुर्घटनामा २७ जना को मृत्यु, १८ गम्भीर घाइते 

बिआरटीनेपाल २०७४ माघ २८ गते ५:३४ मा प्रकाशित

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा शनिबार एक भीषण सडक दुर्घटना भएको छ । यस दुर्घटनामा परी कम्तीमा २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ गम्भीर घाइते भएका छन ।

यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरी र अस्पतालका अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन ।

सुबाङ जिल्लाको सिसेनाङ भन्ने ठाँउमा दुर्घटना भएको बताइएको छ । बसले मोटरसाइकललाई ठक्कर दिएपछि यात्रु बाहक सो बस एक पहाडमा गएर ठोक्किएको थियो ।

यस दुर्घटना धेरै जना पिडित भएका घटनास्थलबाट एक जना प्रहरी अधिकारीले शनिबार सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन ।

दुर्घटनामा परेको बसमा ४५ जना यात्रु सवार रहेका थिए । प्रहरीका अनुसार घटनाका बारेमा अनुसन्धान जारी रहेको छ ।

‘सुबाङ जनरल हस्पितल’ ले २७ को मृत्यु भएको विवरण दिएको छ । त्यसैगरी अन्य १८ जना गम्भीर घाइते भएको पनि अस्पतालले जनाएको छ ।

घाइतेहरुलाई ‘आइसियु’मा राखेर उपचार गरिएको छ । घाइतेहरु मध्ये अधिकांशको शरीरका विभिन्न ठाँउको हण्डी भाँचिएको र टाउकोमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन ।

घाइते मध्ये धेरैको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्न सक्ने पनि प्रहरीको अनुमान रहेको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू