अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३
| Colorodo: 01:38
मोरङको पथरीशनिश्चरेमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका हुन् ।
शनिबार राति श्रीमतीको हत्या गरेर फरार रहेका चन्द्रबहादुरको खोजी भै रहेको छ । हत्यारा फरार रहेकाले हत्याको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।