अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

गायक सन्जिव कुमार पौडेलको लोक पप गीत ‘हुन्छु म’को भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ २८ गते १:०४ मा प्रकाशित
विन्ध्यावासिनी म्युजिकको प्रस्तुतिमा गायक सन्जिव कुमार पौडेलको तेस्रो एल्बम अस्तित्वमा समावेश  ‘हुन्छु म’ बोलको भिडियो सार्वजनिक भएको छ ।  गायक संजिव कुमार पौडेलको स्वरको नयाँ गीत लोक पप शैलिमा गाइएको छ  ।
नारायण कडेँलको शब्द तथा रेखा पौडेलको को संगीतको सो  गीतलाई सबै दर्शक तथा स्रोताले मन पराउने गायक सन्जिबले बताए ।
विन्ध्यावासिनी म्युजिक प्रा लीद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् । अजय रेग्मीद्वारा छायांकन गरिएको भिडियोमा लाई विल्कुलै नयाँ शैलिबाट आफुले तयार पारेको निर्देशक काजिशले बताए । गितको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन । म्युजिक भिडियोमा करिश्मा ढकाल र काजिश श्रेष्टले अभिनय गरेका छन् । ‘हुन्छु म’  भिडियोको सम्पादन रमित ओलीले गरेका हुन् ।

प्रतिक्रिया