अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

अनेसास कोलोराडो च्याप्टरले साहित्यकार मनु ब्राजाकीको १३ औँ पुण्य तिथिमा श्रद्धाञ्जली सभा आयोजना गर्दै

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ माघ २७ गते २१:५८ मा प्रकाशित

अमेरिका स्थित अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरले वरिष्ठ साहित्यकार मनु ब्राजाकीका नाममा श्रद्धाञ्जली सभा गर्ने भएको छ ।  यही माघ १९ गते उपचारका क्रममा पाटन अस्पतालमा निधन भएका साहित्यकार ब्राजाकीको १३ औँ पुण्य तिथिमा अनेसास कोलोेराडो च्याप्टरले उनको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको हो । उक्त कुराको जानकारी कोलोराडो च्याप्टर अध्यक्ष कृष्ण मुरारी ढुङेलले बिआरटी नेपाललाई दिएका हुन ।

अमेरिका बसाइका क्रममा साहित्यकार ब्राजाकीले केही समय कोलोराडो डेनभरमा पनि बिताएका थिए । उनी यहाँ रहँदा नेपालीहरुसंगको उनकोआत्मियताले पनि अनेसास च्याप्टर र त्यहाँ रहेका नेपालीले उनको स्मृतिलाई ताजा राखिरहेका छन् । 

यही शनिवार फेब्रुअरी १७ तारिखका दिन व्राईटन स्थित नेपाली सनातन मन्दिरमा बिहान ११ बजेबाट सुरु हुने श्रद्धाञ्जली सभामा उपस्थित भई दिनका लागि अनेसास कोलोराडो च्याप्टरले सम्पूर्ण कोलोराडोबासी, साहित्य अनुरागी, साहित्यकार, कलाकार, सङ्गीतकार, कवि तथा गीतकार ब्राजाकीका आफन्त र पत्रकारहरूलाई अनुरोध गरेको छ ।

मनु ब्राजाकीको बिआरटी नेपालको क्यामरामा कैद भएका केही तस्बिरहरू ।

 

प्रतिक्रिया