अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

संबृघ्द रसुवा निर्माण अभियान साकार बन्दै

बिआरटीनेपाल २०७४ माघ २७ गते १५:१० मा प्रकाशित

निर्वाचनका क्रममा जनता सामु गरिएका प्रतिबघ्दता पुरा गर्ने परिपाटी हराउँदै गइरहेका बेला रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले भने आफ्नै लगानीमा जिल्लाको सडक निर्माण कार्यलाई अगाडी बढाएका छन् । संबृघ्द रसुवा निर्माणको मुघ्दा लिएर निर्वाचनमा गएका सांसद आचार्यले सडक संञ्जालले नछोएका गाउँ टोलमा बाटो पुर्‍याउन व्यक्तिगत लगानीमा स्काभेटर र डोजर उपलब्ध गराएर गाउँ गाउँमा सडक पुर्‍याउने कार्यको सुरुवात गरेका हुन ।

रसुवाको सबै ठाउँमा बाटो नपुग्दा सम्म आफूले उपलब्ध गराएको स्काभेटर र डोजरले निःशुल्क सेवा प्रदान गर्ने सांसद आचार्यले बताउनु भयो । बाटो नभएर गाउँघरमा अहिले पूननिर्माण कार्य गर्दा ढुवानीलागत बढी रहेकाले ढुवानी लागत कम गर्ने उध्देश्यले पनि बाटो निर्माणकार्यलाई प्राथमिक्ताका साथ अगाडी बढाइएको सांसद मोहन आचार्यले बताउनु भयो ।

आज रसुवाको कालीका स्थान गाउँ पालीकाको लामाटोल मा आयोजित एक कार्यक्रममा सांसद मोहन आचार्यले स्थानीय गाउँ पालीकाहरुकै अधीनमा रहने गरी स्काभेटर र डोजर हस्तान्तरण गर्नु भयो । रसुवाजिल्लाको गोसाँईकुण्ड गाउँपालिको लाङटाङ ,नौकुण्डगाउँपालिकाको केही गाउँ ,पार्वतिकुण्ड गाउँपालिकाको हाकु,सानो हाकु,नेसिङ लगायतका ठाउँहरूमा अहिले पनि मोटर बाटो पुग्न सकेको छैन । कार्यक्रममा रसुवाका प्रदेश सांसद प्रेमतामाङले आफ्नो व्यक्तिगत लगानीमा जिल्लाको विकास गर्न अगाडी सर्ने सांसद मोहन आचार्यका कारण संबृध्द रसुवा निर्माण अभियानले छिटै सार्थकता पाउने बताउनु भयो । यस्तो मनकारी नेता रसुवा जिल्लाले पहिलो पटक पाएको उहाँले बताउनु भयो।

यसका अतिरिक्त भूकम्पबाट विस्थापित खाल्टाका विस्थापितहरुलाई एकीकृत बस्ती निर्माण गरेर पार्वतिकुण्ड गाउँपालिकाको तिरमा पूनस्थापित गर्न सांसद आचार्य लागी परेका छन्। यसका लागी पूननिर्माण प्रधिकरणबाट प्राविधिक लागत स्टिमेट तयार सम्पन्नभै रकम निकासा हुनेक्रममा रहेको छ । रसुवाको दुर्गम भेगका नागरिककालागी नियमितरुपमा स्वास्थ्य सेवा पुर्‍याउने उघ्देश्यले अमेरिकामा कार्यरत नेपाली चिकित्सकहरूको संस्था ASK FOUNDATION सँगको सहकार्यमा टेलि मेडिसनका माघ्यमबाट स्वास्थ्य सेवा उपलब्घ गराउन सांसद आचार्यले सझौता गरी स्वास्थ्य सेवा उपलब्घ गराउन शुरुगरेका छन्। हाललाई हप्ताको एक दिन पार्वतीकुण्ड गाउँपालिकाको गोल्जुङबाट यो सेवा सुरु गरिएको छ। पछि यसलाई अन्य क्षेत्रमा पनि विस्तार गरिने छ। यसका अतिरिक्त नियमितरुपमा स्वास्थ्य शिविर संञ्चालन गर्ने उघ्देश्यले स्वास्थ्य शिविर कार्यक्रम पनि सुरु भएको छ ।

भूकम्पबाट विस्थापित खाल्टाका विस्थापितहरुलाई स्वास्थ्य सेवा प्रदान गरेर सुरु भएको स्वास्थ्य शिविर कार्यक्रमलाई अमेरिकामा कार्यरत नेपाली चिकित्सकहरूको संस्था ASK FOUNDATION सँगको सहकार्यमा निरन्तरता दिइने छ। शनिवार खाल्टामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा डा अनुराग अर्याल ,डा मुकुल ढकाल ,डा समान अर्याल डा सुशील ज्ञवाली ,डा अन्सुमाला अधिकारी , डा विनिता गौतम र डा अविनाश पल्लभ ,डा रिचा ढकालले स्वास्थ्य सेवा प्रदान गर्नु भएको थियो। स्वास्थ्य शिविरका लागी आवश्यक निःशुल्क औषधि क्यूमेड फार्मुस्यूटिकल र देउराली जनता फार्मास्यूटिकलले उपलब्ध गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू