अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 11:03

एचडीएनपी नेपालद्वारा पशुपतिनाथमा खाधान्न वितरण

विजय थापा २०७४ माघ २७ गते १४:५० मा प्रकाशित

टेक्सस राज्यको ड्यालसमा स्थापित सामाजिक संस्था एचडीएनपी इन्टरनेसनलको शाखा एचडीएनपी नेपालले पशुपतिमा परिसरमा यत्र तत्र सर्वत्र मागेर जीविको पार्जन गर्ने तथा घरबार बिहिनलाई खाधान्न वितरण गरेको छ l

एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले करिब २ सय ५० भन्दा ज्यादालाई खाधान्न वितरण गरेको जनाएका छन् l हाल संस्थाका सञ्चालक आचार्य नेपालको भ्रमणमा रहेको समयमा भिक्षा माग्ने जोगी, असहाय, घरबार बिहिन, दुखीलाई शिव रात्रिको अवसरमा खाधान्न वितरण गरेको हो l

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरबार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई विशेष सहयोग प्रदान गर्दै आएको छ । यसै क्रमलाई निरन्तरता दिएको आचार्यले जनाएका छन् l पशुपतिनाथमा खाधान्न वितरणको समयमा खुसी बाढ्न सकियोस भन्दै नाचगान समेत गरिएको थियो l

टेक्सस राज्यको ड्यालसमा स्थापना भएको एचडीएनपी इन्टरनेसनलले स्थापना काल देखि नै घरबाहर बिहिन मानिसहरूलाई त्रैमासिक रूपमा खाना खुवाउदै आएको छ l

खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रूपमा रक्तदानको आयोजना गर्दछ । संस्थाले समाज सेवाको साथै उनीहरूको लागि स्वास्थ्य, शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरूलाई सशक्तिकरण गर्ने काम पनि गरी रहेको छ ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू