अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

घिरौंलेको ‘पिउने बानीले’ जोई पोईको गलपती (भिडियो)

बिआरटीनेपाल २०७४ माघ २७ गते २:४८ मा प्रकाशित

गायक अशिम कुमार कटुवाल र गायिका गोमा कटुवालको स्वरमा ‘पिउने बानी भो’ बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक गरिएले छ । गीतमा अशिम कुमारकै शब्द र देबेन्द्र लामिछाने मगरको लय रहेको छ ।

सार्वजनिक भिडियोमा लेखान्त भुसाल (घिरौंले) र गोमा कटुवाल र अशिम कुमार कटुवाल, जीवन खत्री बिराज, बबिता ,रेल कुमार, एपि लगायतको अभिनय छ । भिडियोमा अभिनय गरेका घिंरौले चर्चित हाँस्य टेलिश्रृंखला मेरि बास्सैमा पनि अभिनय गर्दै आएका छन् ।

लालीगुराँस फाउन्डेसनको प्रोडक्सन मार्फत उक्त गीतको भिडियो सार्बजनिक तथा निर्माण भएको हो । अशिम कुमार कटुवालको शब्द रहेको गीतमा लेखान्त भुसाल , गोमा कटुवाल जीवन खत्री बिराज, बबिता ,रेल कुमार, एपि लगाएत कलाकारको अभिनय रहेको छ । भिडियोलाई बासु बरालले खिचेका हुन् भने समीर तामाङले निर्देशन गरेका हुन । गीत छहारी म्यूजिक प्रा.ली.को प्रस्तुतिमा बजारमा आएको हो ।

प्रतिक्रिया