अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

कृषि कविता प्रतियोगिताका विजयीलाई नगद पुरस्कार प्रदान गरिने

बिआरटीनेपाल २०७४ माघ २६ गते २१:४२ मा प्रकाशित

एसोसिएसन अफ नेपालीज एग्रिकल्चर प्रोफेसनल अफ अमेरिका (नापा) ले आगामी २०१८ को मे महिनाको २६-२७ मा अमेरिकाको ओक्लाहोमा सहरमा हुन गइरहेको प्रथम (द्वैबार्षिकी) अधिवेशनमा बृहत् कृषि कविता प्रतियोगिताको आयोजना गरिने भएको छ l

उक्त अवसरमा इच्छुक सम्पूर्ण कवि तथा कवयित्रीहरू आफ्ना रचना सहित उपस्थितिको लागि नापाले अनुरोध गरेको छ । संस्थाका अध्यक्ष डा लीला कार्की (विद्या वारिधि)ले कुरा गर्दै सबैको लागि यो अवसर भएकोले मौका नगुमाउन हुन् विशेष अनुरोध गरेका छन् ।

यसको साथै कृषि कविता प्रतियोगिता समितिका संयोजक कृष्ण पौडेलले नियम समेत बनाइएको जानकारी दिँदै कविता आगामी अप्रिल ८, २०१८ सम्म आई पुग्नु पर्ने बताएका छन् l यसको साथै अध्यक्ष डा कार्कीले प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः $२००, $१५० र $१०० तथा प्रमाण पत्रले सम्मान गरिने बताएका छन् l 

संयोजक कृष्ण पौडेलले श्रष्टा आफै उपस्थित भई वाचन गरिएका कविता मात्र प्रतियोगितामा सामेल गराइने बताएका छन् l

प्रतियोगिताका नियमहरू यस प्रकार छन् ।
१. कविता कृषि विभिन्न सङ्काय विषय सँग सम्बन्धित हुनुपर्ने छ ।
२. कविता शुद्ध नेपाली भाषामा २०० शब्दमा नबढाई लेखिएको हुनुपर्ने छ ।
३. श्रष्टा आफै उपस्थित भई वाचन गरिएका कविता मात्र प्रतियोगितामा सामेल गराइने छ ।
४. श्रष्टा उपस्थित नहुनु भएको कविता र उपस्थित श्रष्टाले आफ्नो थप कविता वाचन गर्न चाहेमा समय हेरी अप्रतियोगिको रूपमा वाचनको लागि समय दिन सकिनेछ।
५. प्रतियोगिता को रूपमा वाचन गरिएका कविताहरू ३ सदस्यीय अधिकार सम्पन्न निर्णायक समिति द्वारा मूल्याङ्कन गराइने छ l
६. उत्कृष्ट (प्रथम द्वितीय र तृतीय ) ३ कवितालाई क्रमशस् $२००, $१५० र $१०० तथा प्रमाण पत्रले सम्मान गरिने छ ।
७. कविताहरू आगामी अप्रैल ८, २०१८ सम्म निम्न ठेगानामा आईपु्ग्नु पर्नेछ ।

कविता पठाउनु पर्ने ठेगाना
napaconference2018@gmail.com
poudelkrish1@yahoo.com

 

===================================

नोटस्: यस कविता प्रतियोगिता सम्बन्धी केही जिज्ञासा वा सुझाव भएमा माथिको इमेलमा वा मोबाइल नं 765 6311 694 मा सम्पर्क गर्न सक्नु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू