अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

मन्त्री केसीले टेक्सासमा वाणिज्य दूतावास स्थापनाको लागि पहल गर्ने

ध्रुव भण्डारी, डलास २०७४ माघ २६ गते २१:०७ मा प्रकाशित

डालासमा नेपाली जनसम्पर्क समिति डलास फोर्टवर्थ च्याप्टर र वेष्ट टेक्सस च्याप्टर, टेक्ससको संयुक्त आयोजनामा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं काँग्रेसका नेता श्री राजेन्द्र कुमार केसीको सम्मानमा एक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अथिति मन्त्री केसीले नेपालमा खेलकुदको विकासका निमित्त उचित तालीम केन्द्रहरूको आवश्यक भएको कुरा बताउँदै, खेलकुदमा राजनीति घुसाउँनै नहुने कुरामा जोड दिएका थिए ।

एनआरएनहरूले नेपालमा निर्धक्कसँगले व्यापक लगानी गर्न सक्ने वातावरणको सृजना राज्यले गर्नुपर्ने कुरा बताउँदै, नेपालको उन्नति र प्रगतिमा लक्षित कार्यक्रमहरू एनआरएनले पनि ल्याउँनुपर्ने कुरा मन्त्री केसीले बताएका थिए । पार्टीले चुनाव हार्नुका धेरै कारणहरू भएको कुरा बताउँदै आउँदा दिनहरूमा ती कमजोरीहरूलाई नेतृत्वले सच्याएर जानुपर्ने धारणा मन्त्री केसीले राखेका थिए ।

गुट उपगुटले सङ्गठनमा घात अन्तरघात जन्माउँने हुनाले सङ्गठन कमजोर भएको कुरा स्मरण गराउँदै, गुटको होइन काँग्रेसको भईदिन सबैलाई मन्त्री केसीले आग्रह गरेका थिए । निर्वाचनमा पछि परेता पनि नेपाली जनताले काँग्रेसलाई प्रगाड माया गरेको हुनाले निराश हुन नहुने कुरा कार्यकर्तालाई बताउँदै, जनता प्रति जिम्मेवार भएर काँग्रेसले आफ्नो भूमिका निभाउँने कुरा मन्त्री केसीले बताएका थिए ।

अन्तरकृयामा उठेको प्रश्नको जवाफ दिदैं मन्त्री केसीले उपहार दिएर आफ्नो बनाई गुट सृजना गर्ने प्रवृत्तिको सबै ठाउँमा अन्त्य हुनुपर्ने कुरा राख्दै, एनआरएनले उठाएका मुद्दाहरूलाई राज्यले बिशेषरूपमा लिएको कुरा बताएगा थिए । टेक्सस राज्यमा नेपालीहरूको घनत्व बढिरहेको हुनाले, यस क्षेत्रमा वाणिज्य दूतावासको स्थापनाको लागि आफूले सक्दो प्रयास गर्ने समेत मन्त्री केसीले टेक्सासवासीलाई आश्वासन दिएका थिए । 

उक्त कार्यक्रममा सुन्दर कर्मचार्य, भानु खरेल, कृष्ण लामिछाने, रमेश पोखरेल, धनन्जय ढकाल, सुरेश पोखरेल, विकास उप्रेती, सन्तोष विष्ट लगायतले जिज्ञासा राखेका थिए भने, न्यु योर्क च्याप्टरका सभापति रोशन ढुंगाना, नेजस अमेरिकाका केन्द्रीय उपाध्यक्ष भगवान् मैनाली लगायतको उपस्थिति रहेको थियो ।

टेक्ससको डलास सहरमा भएको सो कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य एवं डलास फोर्टवर्थ च्याप्टरका सभापति ज्ञानेन्द्र राज कार्कीले गरेका थिए भने स्वागत मन्तव्य नेजस अमेरिकाका केन्द्रीय सदस्य एवं वेष्ट टेक्सासका सभापति हरीवोल भण्डारीले र संन्चालन डलास फोर्टवर्थ च्याप्टरका महासचिव दिनेश शर्माले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू