अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 05:21

सिरहामा ११ वर्षीया बालिका बलात्कृत: रक्तश्राव नरोकिएपछि अवस्था गम्भीर

बिआरटीनेपाल २०७४ माघ २६ गते १७:४० मा प्रकाशित

सिरहा नगरपालिका–३ रमौलकी ११ वर्षीया स्कूले बालिका विहीवार साँझ बलात्कृत भएकी छन् । आफ्नै घरको गाइगोरु गोठमा पराल हाल्न गएका बेला ती बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले मुख थुनेर बलात्कार गरेका हुन् ।

बलात्कृत बालिकाको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि तत्कालै जिल्ला अस्पताल सिरहा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव भएन । अवस्था गम्भीर बनेपछि बलात्कृत बालिकाको थप उपचार लहानस्थित सप्तऋषि अस्पतालमा भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए ।

‘बालिकाको योनीबाट रक्तश्राव रोकिएको छैन’, पीडितका एक आफन्तले भने, ‘अहिले अवस्था गम्भीर छ । बोल्न पनि अप्ठ्यारो हुन्छ । चिकित्कसकले नबोल्न पनि भनेका छन् ।’ उपचारका लागि लहान ल्याएपछि केही सुधार भएको उनको भनले भने ।

पीडित परिवारका अनुसार आरोपी युवकले मदिरा पिएर बलात्कार गरेका हुन् । आरोपी सुरेश पक्राउ पर्न सकेका छैन् । ‘सुरेशलाई पक्रन प्रहरीको टोली पुगेपछि उनका बुवा रामलखन ठाकुर र जमिन ठाकुरले भगाए’, एसपी कोइरालाले भने, ‘तत्काल अनुसन्धानका लागि मतियारको काम गर्ने उनका बुवा र दाईलाई नियन्त्रणमा लिएका छौं ।’ अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू