अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९ | Colorodo: 08:24
गृह पृष्ठ
समाचार
अमेरिका समाचार
नेपाल समाचार
कोलोराडो समाचार
विश्व नेपाल समाचार
खेलकुद समाचार
विश्व समाचार
विविध समाचार
अन्तर्वार्ता
अर्थ-पर्यटन
इमिग्रेसन
विचार
मनोरन्जन
साहित्य
कला/साहित्य समाचार
कथा लघुकथा
कविता
गजल
गीत
मुक्तक
लेख रचना
संस्मरण
कृष्ण धरावाशीको कलम
मल्टीमिडिया
फोटो ग्यालरी
नेपाली सिनेमाका भिडियो
बिआरटी नेपाल भिडियो
कम्युनिटी भिडियोहरु
⚲
म रातो गुलाबको घाँटी रेट्न चाहन्न
आचार्य प्रभा
आचार्य प्रभा
२०७४ माघ २६ गते ७:५५ मा प्रकाशित
न म तिमीलाई मेरो सौन्दर्यले
लट्ठ पार्न तयार छु
न तिमी मलाई रातो गुलाबले
अल्मल्याउन बिवश गर
प्रेम सौन्दर्य र गुलाबमा मात्र
कहाँ निहित हुन्छ?
प्रेमले शुभ साईत मात्र किन पर्खन्छ ?
प्रेम त अन्त्यहिन र उदार हुन्छ
न यस्ले पल ,घडी,समय कुर्छ
जब यस्को बिजारोपण हुन्छ
तब यो बिना कुनै संकेत अंकुराउन थाल्छ
त्यसैले ए अन्जान प्रिय!
मलाई प्रेमको लेपन लाउने बहानामा
गुलाबको गला नरेट
अनि प्रेम दिवशकै साईत नकुर
कुनै पल तिम्रो स्वच्छ आत्माले
मलाई चाह्यो भने भन
प्रिया म तिमीलाई चाहन्छु
अर्थात् माया गर्छु|
हो त्यो पल चाहे दुखको होस्
या सुखको होस्
यदि तिमीले तिम्रो निस्वार्थ भावले
मलाई चाह्यौ भने
म तिमीलाई तिम्रो खाली हातमै स्वीकार्ने छु
तर तिम्रो मन/मुटुमा
मायाको साँच्चै मीठो तृष्णा
छट्पटीई रहेको हुनुपर्छ
र तिमीले भन्नु पर्छ,
माया यो खुशीको क्षण तिमीमा
समर्पित छ,
म रातो गुलाबको घाँटी रेट्न चाहन्न
तिम्रो प्राप्तीमा|
प्रतिक्रिया
आचार्य प्रभाका अरू रचना
कविता :भट्टिवाल्नी साँइेलीमा अनुवाद
कला/साहित्य समाचार :अनेसास महिला केन्द्रीय समितिले विश्व नारी दिवसको अवसरमा भव्य साहित्यिक कार्यक्रम गर्ने
कविता :शुभकामना
कथा लघुकथा :मैले सोध्न बाँकी प्रश्न
कविता :यो आँसुलाई कसरी रोकूं
बिचार :असम्भव असत्यलाई पनि यथार्थ कल्पनामा डुबाई दिने खुराक हो कथा सङ्ग्रह “सरोगेट लोग्ने”
कविता :प्रख्यात लेखकज्यु
सम्बन्धित सामग्रीहरू
भट्टिवाल्नी साँइेलीमा अनुवाद
मनमीत
देश खोजिरहेछु
प्रेमको परिभाषा
दुई अध्यक्ष
Liberate your mind !!
आगोको वर्णमाला
स्वतन्त्रता
गजल
नयाँ वर्षको शुभकामना
लोकप्रिय
प्रस्तावित नेपाली सामुदायिक केन्द्र, कोलोराडोको प्रपर्टी स्थलको ड्राइभ-इन भ्रमण बारेमा सूचना
कोलोराडोको विभिन्न स्थानमा आकाशबाट प्लेनका टुक्रा खसे (फोटो फिचर)
नेपाली काव्य परम्परामा गोपालप्रसाद रिमाल
बर्मेली नेपाली साहित्यको रूपरेखा
२० वर्ष पछि ‘मुकुन्डो’ हेर्दा
नर्थ क्यारोलाइनमा कथासङ्ग्रह “सम्बन्ध विच्छेद” सम्बन्धी भर्चुअल अन्तरक्रिया सम्पन्न
नेपाली जनसम्पर्क अधिवेशन तयारी समिति अमेरिकाको भर्त्सना विज्ञप्ति