अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

आचार्यलाई २ मतले हराउँदै प्रदेश नं. १ बाट निर्वाचित शेरधन राई मुख्यमन्त्री बन्ने पक्का

बिआरटीनेपाल २०७४ माघ २६ गते ५:१७ मा प्रकाशित

एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् ।बिराटनगरस्थित जिल्ला समन्वय समिती सांसदिय दलको कार्यलयमा शुक्रबार भएको निर्वाचनमा भिम आचार्यलाई २ मतले पछि पार्दै राई प्रदेश नं. १ बाट निर्वाचित भएका हुन् ।

बिजयी राईले २६ मत ल्याएका छन् भने प्रतिद्वन्दी भिम आचार्यले २४ मत प्राप्त गरेका छन् ।

पिता जागिरमान राई र आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागनु ११ गते आमचोक गाउँपालिका साविकको थिदिङखा गाविस भोजपुरमा जन्मिएका शेरधन राईले २०४४ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका हुन् ।

२०५६ सालको संसदीय निर्वाचनमा कान्छो उम्मेदवारको रुपमा संसद बनेका राई २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा दोस्रो पटक संसद बने। दोस्रो संविधानसभाका समेत सांसद राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे ।

पहिलो पटक नै उनले सूचना तथा सञ्चार मन्त्री पाएपछि चर्चामा आएका उनले दोस्रो संविधानसभाको सदस्य हुँदा सुशासन समितिको सभापति रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आगोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई समेत समितिमा बोलाएर स्पष्टीकरण मागेका थिए ।

मुख्यमन्त्रीको आकांक्षी धेरै भएपछि एमालेले दलको नेता चुन्न शुक्रबार आन्तरिक चुनाव गराएको थियो ।

संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा उत्रिए । मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरे भने चुनावी प्रक्रियामा सहभागी भएनन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू