अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

भक्तपुरको मच्छेनारायण पोखरीमा महायज्ञ जारी

बिआरटीनेपाल २०७४ माघ २६ गते २:४७ मा प्रकाशित

भक्तपुर–६, व्यासीस्थित मच्छेनारायण पोखरीमा सोमबारबाट सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञ आज पनि जारी रहेको छ । राष्ट्र कल्याण र विश्व शान्तिको कामना सहित आयोजना गरिएको महायज्ञमा हरेक दिन झाँकीसहित कथा वाचन भईरहेको छ ।

मच्छेनारायण पोखरीको संरक्षण तथा भुकम्पबाट क्षतीग्रस्त संरचना पुनर्निर्माणमा गर्ने उद्देश्यले गरिएको महायज्ञ माघ २९ गतेसम्म सञ्चालन हुने मच्छेनारायण भजन मण्डलका अध्यक्ष रामभक्त लासिवाले बताए ।

महायज्ञमा भक्तजनहरुको भिड लागेसँगै आर्थिक सहायता दिनेको घुईचो लागेको अध्यक्ष लासिवाले जानकारी दिए । प्राप्त रकमबाट पोखरी सफा गर्ने, पोखरीलाई धार्मिक तिर्थस्थलको रुपमा विकास गर्ने, पोखरी वरीपरीका पर्खाल तथा सत्तलहरु पुनर्निर्माण गर्ने, पोखरीभित्रको ढुंगेधारालाई व्यवस्थित गर्ने लगायतका कार्यहरु गर्ने उनले बताए ।

भागवतमा पण्डितद्वय दिपक सापकोटा र सुनितादेवी उपाध्यायले कथा बाचन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू