अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

टुँडिखेलमा हुने ‘द दवङ टुर’ कन्सर्टको लागि सलमान खानले लिए ४ करोड ८० लाख

बिआरटीनेपाल २०७४ माघ २६ गते २:३६ मा प्रकाशित

यहि आउँदो फागुन २६ गते काठमाडौंको टुँडिखेलमा बलिउडस्टार सलमान खानले ‘द दवङ टुर’ नामक भब्य कन्सर्ट गर्दैछन् । यसै कार्यक्रमका लागी उनले ४ करोड ८० लाख नेपाली रुपैयाँ लिएका छन् ।

आयोजक ओडीसी इन्टरटेनमेन्टका अनुसार सलमानलाई अग्रिम रुपमा सम्पुर्ण रकम पठाइसकिएको छ । यस्तै अन्य कलाकारलाई ३ करोड २० लाख रुपैयाँ पठाइएको छ ।

नायिका प्रियंका कार्की, स्वस्तिमा खड्का र मोडल एलिसा राइलाई सलमानसँग कोरस नाच्नका लागि अफर गरिएको छ ।  सेलेब्स म्यानेजमेन्ट कम्पनीले यो कार्यक्रमको लागि नेपाली सेलिब्रेटीको व्यवस्थापन मिलाउने जिम्मा लिएको छ ।

‘आयोजक संस्थाका सिमान्ट गुरुङका अनुसार सलमानलाई ३ करोड र अन्य कलाकारलाई २ करोड भारतीय रुपैंया पठाइएको छ । उनले नेपाल सानो मुलुक भएकोले सानो रकममै सलमान कार्यक्रमका लागी सहमत भएको समेत बताए ।  कन्सर्टमा सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि नेपाल आउनेछन् ।

कार्यक्रमले नेपाली पर्यटन प्रवर्द्धनमै सघाउने भएकाले यसका लागि सबैले एक ढिक्का भएर सहयोग गर्नुपर्ने चाहि आफ्नो आशय रहेको गुरुङको भनाई छ । उनले थपे, ‘यो कार्यक्रम समग्र नेपालकै लागि हो । यसमा नेपाली कलाकर्मीलाई अपहेलना गर्ने भन्ने कुरा आउँदैन । हामी सबैको उचित सम्मान गर्छौं ।’ कार्यक्रमका लागि टिकट ३ हजार, ५ हजार, १० हजार र २० हजार दरका रहेको गुरुङले जानकारी दिए । ५० हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले गरेको छ ।

 

प्रतिक्रिया