अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

आजबाट चलचित्र ‘कृ’ देशभर प्रदर्शन

बिआरटीनेपाल २०७४ माघ २६ गते २:२५ मा प्रकाशित

नेपाली चलचित्रक्षेत्रका युवास्टार अनमोल केसी अभिनित ‘कृ’ चलचित्र आजबाट देशब्यापी प्रदर्शनमा आएको छ । बहुप्रतिक्षित यो चलचित्रमा अनमोलसँगै अदिति बुढाथोकीको मुख्य भूमिका छ ।  लगातार चार चलचित्रमा रोमान्टिक हिरोको रुपमा देखिएका अनमोल यसपटक विशेषतः एक्सन अवतारमा प्रस्तुत भएका छन् ।

‘कृ’ सँग अन्य कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् भने एक हिन्दी चलचित्र ‘प्याड म्यान’ प्रदर्शनमा आएको छ । ‘कृ’ले  ८० बढी हल पाएको छ ।

सुवास गिरी र भूवन केसीले मिलेर बनाएको चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् । श्री पराजुली फिल्मका सह–निर्माता हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्र ३ करोड ८० लाखको बजेटमा निर्माण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू