अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

सिरियाको सुरक्षा आक्रमणबाट ३६ जना मारिए-मृत्यु हुनेमा बालबालिका र महिला पनि

बिआरटीनेपाल २०७४ माघ २५ गते २३:३६ मा प्रकाशित

विद्रोहीको नियन्त्रण रहेको मानिने सिरियाको दमास्कस नजिकै पर्ने गोटामा भएको हवाई आक्रमणमा परी ३६ जनाको मृत्यु भएको छ ।

सिरियाको सरकारी पक्षका सुरक्षाकर्मीले बिहीबार गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको अनुगमनकर्ताहरूले बताएका छन् ।

युद्धक विमानले सिरियाली विद्रोही समूहलाई लक्षित गरी राजधानीदेखि पूर्वतर्फ गत चार दिनदेखि लगातार आक्रमण गरिरहेका छन् ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राईटस’ले कम्तिमा छ ठाउँमा हवाई आक्रमण भएको जानकारी दिएको छ ।

बिहीबार मारिएकामध्ये दश बालबालिका र सात महिला रहेका छन् । गत सोमबार देखि अहिले सम्म १८५ जना आम नागरिक मारिएको बेलायतमा कार्यालय रहेको उक्त मानव अधिकारवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले बताए ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू