अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

फागुन २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मंगलम’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ २५ गते १०:१२ मा प्रकाशित

नायिका शिल्पा पोख्रेल प्रस्तुती चलचित्र मंगलमको ट्रेलर सार्वजनिक भएको छ । फागुन २५ गतेबाट देशभर प्रदर्शनमा आउने मंगलमको ट्रेलर आज हाईलाईट्स म्युजिक मार्फत सार्वजनिक भएको हो ।
प्रेमको गहिरो अनुभुतीलाई प्रस्तुत गरिएको ट्रेलरमा बियोगान्त पलहरुलाई शशक्त रुपमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक ट्रेलरमा सिल्पा पोखरेल र पुष्प खड्काको प्रेमलाई मुल रुपमा देखाईएको छ भने ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइँ , नीर शाह र मिथिला शर्माको पनि चिलचित्रमा अभिनय छ ।

नवल नेपालको निर्देशन रहेको मंगलका कार्यकारी निर्माता छविराज ओझा हुन् । विष्णु घिमिरेको छायांकन रहेको गुण सिनेमा प्रालीको सहकार्यमा निर्माण हुन लागेको यस चलचित्रलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू