अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२ | Colorodo: 13:37

‘भ्यालेन्टाइन डे’को पूर्व सन्ध्यामा गायक कमल के क्षेत्रीको ‘माया गर्छु म’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ माघ २५ गते ६:३८ मा प्रकाशित

गायक कमल के क्षेत्रीको स्वरमा एउटा प्रेमिल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर गायक क्षेत्रीले सफ्ट पप शैलीको ‘माया गर्छु…’ शीर्षक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उक्त गीतमा गायक क्षेत्रीकै शब्द तथा संगीत सुन्न सकिन्छ । शैलेन्द्र एम प्रधान उक्त गीतका संगीत संयोजक हुन् ।

नरेन लिम्बुद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा कुसुम गुरुङ तथा रवि आरएनको अभिनय छ । कुमुस पछिल्लो समय रंगमञ्चमा सक्रिय भएकी कलाकार हुन् । बिनय कंशाकार यो भिडियोका सम्पादक हुन् । भिडियोमा अंग्रेजी उपशीर्षक पनि समावेश गरिएको छ ।

प्रतिक्रिया