अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

भूत बनिन् अनुष्का

बिआरटीनेपाल २०७४ माघ २५ गते २:५८ मा प्रकाशित

बलिउड नायिका अनुषका शर्मा भूत बनेर आएकी छिन् । उनी एक चलचित्रको दृश्यका लागी भूत बनेर आएकी हुन् । विराट कोहलीसँग बिवाह गरेर केहि समय विश्राम लिएकी अभिनेत्री अनुष्का शर्मा हरर चलचित्रमा देखा पर्न लागेकी हुन् ।

उनको फिल्मले मार्च पहिलो साता हलमा तर्साउँदैछ । चलचित्रको टिजर हालैमात्र रिलिज भएको छ । एक मिनेटको टिजरमा अनुष्का शर्मा मात्र देखाइएको छ । उनी सामान्य अवस्थाबाट भूतमा रुपान्तरण भएको देखाइन्छ । अनुष्का कुरुप र डरलाग्दो देखिएकी छिन् ।

उक्त चलचित्रको छायांकनको क्रममा एक प्राविधिकको मृत्यु भएको थियो । छायांकनको बेला नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको थियो । यो चलचित्रमा अनुष्काकै लगानी छ । फिल्मलाई प्रोसित रोयले निर्देशन गरेका छन् ।

प्रतिक्रिया