अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

चेतना जगाउन दीपकराज र दीपा श्रीले बिहे गरे (लघु चलचित्र ‘हुन्नरी’)

बिआरटीनेपाल २०७४ माघ २४ गते २:२७ मा प्रकाशित
हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला अभिनित सामाजिक चलचित्र ‘हुन्नरी’ सार्वजनिक भएको छ ।
सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन निर्माण गरिएको चलचित्रमा दीपक र दीपा प्रेमीप्रमीकाको ?पमा देखिएका छन् । शारिरीक रुपले अशक्त सोझो गाउँले केटाको भुमिकामा दीपकले अभिनय गरेका छन् भने दीपा, विधवा महिलाको भुमिका देखिएकी छिन् ।
समाजलाई चुनौति दिँदै यि दुईले विवाह गरेर सामाजिक सुरक्षा भत्ता बापत पाएको पैसा बचत गरेर ठुलो काम गर्न सफल भएको विषयलाई चलचित्रमा देखाईको छ ।
समाजिक सुरक्षा भत्ताको सहीसदुपयोग भएमा थोपा थोपा संकलन गरेर गतिलो काम गर्न सकिने सन्देश चलचित्रले दएको छ । केन्द्रिय पञ्जिकरण विभागका लागि सेभ द चिल्ड्रेनको सहयोगमा शुभ मिडिया होमले निर्माण गरेको यस चलचित्रलाई दीपक आचार्यले निर्देशन गरेका हुन् ।
अभिमन्यु निरवीको लेखन रहेको चलचित्र गोकुल अधिकारीले खिचेका हुन् भने अमन मानन्धरले सम्पादन गरेका हुन् । चलचित्रमा दीपक दीपासँगै देशभक्त खनाल, लक्ष्मण विक्रम बस्नेत, लक्ष्मी गिरी, निरु खड्का, दीपक आचार्य, कमला रेग्मी, गीता थापा, अप्सरा अधिकारी लगायतको अभिनय छ ।

प्रतिक्रिया