अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

गायक फणिन्द्र ठकुरीको पञ्चेबाजा गीत ‘पार्‍यो तिरिमिरी’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ माघ २४ गते ०:२८ मा प्रकाशित

गायक फणिन्द्र ठकुरीले पछिल्लो समय नयाँ गीत लिएर आएका छन् । नेपाली मौलिकता बोकेको पञ्चेबाजा ‘पार्‍यो तिरिमिरी’ लिएर आएका हुन् ।

कुनै बेला चर्चाको शिखरमा रहेका गायक ठकुरी पछिल्लो समय भने दोहोरी गायनमा मात्र सीमित रहेर बसेका थिए । यतिबेला उनको नयाँ गीत बजारमा आएपछि पुनः उनको चर्चा बढेको छ ।

हमाल म्यूजिकबाट बजारमा आएको उनको ‘पार्‍यो तिरिमिरी’लाई चर्चित गायक राजन ठकुरीले लय तथा शब्द सिर्जना गरेका हुन् । फणिन्द्र ठकुरी र पूर्णकला बिसीको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियो पनि यतिबेला चर्चाको शिखरमा छ ।

सज्जन हमालको निर्देशन रहेको यस म्यूजिक भिडियोमा विवश ठकुरी र बबिता श्रेष्ठले अभिनय गरेका छन् भने  शम्भू चालिसेको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया