अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

लागू औषध बिक्री गर्ने ‘सन्देश फार्मेसी’का सञ्चालक र वितरक पक्राउ

बिआरटीनेपाल २०७४ माघ २३ गते ६:०० मा प्रकाशित

लागू औषध बिक्री गर्ने लाजिम्पाटस्थित सन्देश फार्मेसीका सञ्चालक बुद्ध बज्राचार्य पक्राउ परेका छन् ।

चिकित्सकको प्रेस्क्रिप्सनबिना नियन्त्रित मनोद्वीपक लागू औषध नाइट्राजेपाम बिक्री गर्दै आएका काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटस्थित सन्देश फार्मेसीका सञ्चालक बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सन्देश फार्मेसीलाई नाइट्राजेपाम ट्याब्लेट बिक्री वितरण गर्ने ललितपुरको गोदावरी नगरपालिका–१३ का विश्वनाथ खत्रीलाई समेत पक्राउ गरेको छ ।

उक्त फार्मेसीबाट प्रहरीले नाइट्राजेपाम ८० ट्याब्लेट र खत्रीको साथबाट नाइट्राजेपाम ४१० ट्याब्लेट बरामद गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू