अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

सिरियामा भएको सैन्य हवाई कारबाहीमा ३० सर्वसाधारणको मृत्यु

बिआरटीनेपाल २०७४ माघ २३ गते ५:२४ मा प्रकाशित

सिरियाली राजधानी दमासकसको नजिकमा पर्ने एक इलाकामा सुरक्षाफौजबाट भएको हवाई कारबाहीमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ । 

सिरियामा जारी करिब सातबर्ष लामो द्वन्द्वको क्रममा ठूलो संख्यामा सर्वसाधारण मारिएका छन् । पछिल्लो समयमा फेरि यहाँ नागरिकमाथिको हमलाका कार्यहरु निरन्तरजस्तै हुन थालेका छन् ।

सिरियाली सरकारी सैनिकले विद्रोहीको बलियो प्रभाव रहेको भनिएको क्षेत्रलाई लक्ष्यगरी विषाक्त रासायनिक हातहतियार समेत प्रयोग गर्दै आएका र यसबाट पनि धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।

यसैहप्ता पनि दमासकसनजिकै पूर्वी इलाका घोउटामा विपक्षीको बलियो प्रभाव रहेको इलाकामा कैयौँ पटक सरकारी सुुरक्षा अधिकारीहरुबाट विषाक्त ग्याँस आक्रमण गरेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

गत सोमबार पनि पूर्वी इलाका घोउटामा कैयौँपटक सरकारी सुरक्षा अधिकारीहरु हवाई आक्रमण गरेको बेलायतआवद्ध सिरियाली अब्जरभेटरी फर ह्युम्यन राइट्सले जानकारी दिएको छ । 

यस कारबाहीमा परी ३० सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य दर्जनौ घाइते भएका अब्जरभेटरीका प्रमुख रामी अब्दुल रहमानले एएफपी समाचारलाई बताउनु भएको छ ।

यस आक्रमण परी मारिनेमा केही बालबालिका समेत रहेका पनि रहमानले बताउनु भएको छ । तर कतिजना बालबालिका परेका छन् भन्ने बारेमा भने केही थाहा हुन नसकेको उहाँको भनाई छ ।

सिरियामा सन् २०११ को मार्चबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स हाबीहुदै गएको छ । उनीहरुको हिंसाका कारण पनि धेरै मानिस मारिएका छन् ।

सन् २०११ देखि हालसम्म जारी रहेको यस सिरियाली द्वन्द्वमा परी ३ लाख ४० हजार भन्दाबढी व्यक्ति मारिएका छन् ।

त्यसैगरी यस द्वन्द्वमा परी लाखौं व्यक्ति घाइते भएका छन् भने अरु लाखाँैजना घरवार छोडी आफ्नै देश र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य भएका छन ।

यहाँको द्वन्द्वको समाधानका लागि हालैमात्र पनि संयुक्त राष्ट्रसंघको पहलामा शान्तिवार्ता भएको थियो । तर सो वार्ता प्रयास पनि यसअघिजस्तै सफल हुन सकेन ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू