अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र भारतीय वाणिज्य मन्त्रीबिच नयाँ दिल्लीमा भेटवार्ता

बिआरटीनेपाल २०७४ माघ २३ गते ४:२६ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आफ्नो भारत भ्रमणका क्रममा भारतीय वाणिज्य मन्त्री सुरेश प्रभुसंग हिजो नयां दिल्लीमा भेटवार्ता गर्नु भएको छ  ।

भारतको उतराखण्डको देहेरादुनमा आयोजित दोस्रो “नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव–२०१८” (2nd Indo-Nepal Trade Fair & Tourism Festival-2018) समुद्घाटन समारोहमा भाग लिन त्यसतर्फ जानु भएकी महासंघका अध्यक्ष राणा र भारतीय वाणिज्य मन्त्री बीचको भेटवार्ताका क्रममा महासंघले आयोजना गर्न लागेको नेपाल–भारत आर्थिक सम्मेलन र दुई देश बीचको आर्थिक व्यवसायिक लगायतका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा भारतीय वाणिज्य मन्त्री प्रभुले नेपाललाई सवै प्रकारको सहयोग गर्न भारत सदैव तयार रहेको विश्वास दिलाउनु भयो । महासंघले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने विश्वास समेत उहांले अध्यक्ष राणा समक्ष दिलाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू