अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

स्कटल्याण्डमा छायाँकन गरिएको चलचित्र ‘कृ’ को दोस्रो गीत ‘जानी नजानी’ सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ २२ गते ७:०८ मा प्रकाशित

बहुप्रतिक्षित चलचित्र ‘कृ’ को दोस्रो गीत सार्वजनिक भएको छ । रोदित भण्डारीको शब्द र स्वर तथा रोदित र विशेष पाण्डेको संगीत रहेको कृ को रोमान्टीक गीत ‘जानी नजानी’ सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।

माघ २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र कृ यो गीत छायाँकन स्कटल्याण्डमा गरिएको हो । लगातार ३ दिन लगाएर स्कटल्याण्डका अत्यन्त आकर्षक स्थानमा खिचिएको यो भिडियोमा प्रेममय भावहरु ब्यक्त भएका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन् ।

नायक भूवन केसी र सुवास गिरी निर्माता रहेको चलचित्र कृ को कार्यकारी निर्माता कमल गिरी हुन् भने सह-निर्माता श्री पराजुली हुन् ।

द सुपर काजोल फिल्मस्को प्रस्तुती रहेको कृ सुवास इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।
चलचित्रमा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेल रहेको यस चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।

चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत रहेको कृ मा पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको कोरियोग्राफी छ ।

प्रतिक्रिया