अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

कलाकारको साथमा सालैजो भाका, दोहोरी र नौमती पन्चेबाजामा बाल्टिमोरको माघे संक्रान्ती रौनक

खेम भट्टचन,-वाशिंगटन डिसी २०७४ माघ २२ गते ६:३८ मा प्रकाशित

अमेरिकाको बाल्टिमोरमा माघे संक्रान्ती पर्ब भब्यताको साथ सम्पन्न भएको छ। मगर संघ अमेरिका वाशिंगटन डिसी च्याप्टरको आयोजनामा नेपाली कलाकारका साथमा पञ्चेबाजा र मौलिक भेषभुष सहित आकर्षक प्रस्तुतीका साथमा बाल्टिमोरबासी नेपालीले माघे संक्रान्ती पर्व  भब्य रुपमा सम्पन्न गरेका हुन् ।

नेपाल देखी आएका लोक दोहोरीका रास्ट्रिय स्तरका कलाकारहरु मुना थापामगर
र राजन ठकुरीको सालैजो भाकाले दर्शकहरुलाई नचाउनु नचायो।

लोक दोहोरीकै अर्का चर्चित कलाकारहरु डोलमाया थापा गुरुङ, सृजना बिरही थापा,
अमृत राम् दाम् र मंजु पुन ले गाएका नेपालका विभिन्न जिल्लाहरुको लोक संस्कृतीस्
थरी थरीका सालैजो भाकामा पनी दर्शकहरु पसिना काडी काडी नाचेको देखिन्थ्यो।
म्याग्दी चिमखोलाकी मंजु पुनले नृत्य गरेको मगर भेष भुषामा युवा युवतीहरुको
सालैजो भाकाको सामुहिक कौडा नृत्यले नेपालको  मगर समुदायको सम्पूर्ण संस्कृती  झल्काएको थियो। 

बहुतै आकर्षक यो कौडा नृत्यले दर्शकहरुबाट सबैभन्दा धेरै ताली पाएको थियो।

नेपाल प्रहरीका पुर्ब डि।आई।जी। पार्वती थापामगरको प्रमुख आतिथ्यमा
कार्यक्रमको शुरुमा स्वागत समारोह आयोजना गरिएको थियो। पेन्सिल्भानिया र म्यारिल्याण्डका लागी नेपाल सरकारका अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महत र पुर्ब प्रहरी डि। आई। जी। ले दुई वोटाअलग अलग पानसमा बत्ती बालेर उद् घाटन गरिएको समारोहमा प्रमुख अतिथी पार्वती थापा, बिशिस्ट अतिथी प्रेमराजा महत र
मगर संघ अमेरिकाका केन्द्रिय अध्यक्ष रुद्र आलेमगरले शुभकामना मन्तब्य दिएका थिए।

‘माघे संक्रान्ती किन मनाईन्छ ? ‘भन्ने बारेमा डा. होम थापाले बोलेका थिए।

मगर समुदायको महिला भेषमा सजिएर चिटिक्क परेकी म्याग्दी चिमखोलाकी सितल पुनले
संचालन गरेको कार्यक्रममा आयोजक संस्था मगर संघ अमेरिका वाशिंगटन डिसी च्याप्टरका
कार्यकारी अध्यक्ष शेर बहादुर सारुमगरले ऊपस्थित सबैलाई धन्यबाद दिएका थिए।

नेपाल र अमेरिकाको रास्ट्रिय गान गाएर शुरु गरिएको स्वागत समारोहमा भर्जिनियाको
जर्ज म्यासन बिश्वोबिद्यालयका फ्याकल्टी डा। गंगा पुनले सबैलाई स्वागत गरेका थिए।

कार्यक्रम चलिरहेको बेलामा नेपाल देखी नै ल्याएको नौमती पन्चे बाजा बजाउंदै घन्काउंदै
बसी ऊफ्री नाच्दै पन्चे बाजाको टोली हल भित्र प्रबेश गर्दा दर्शकले खचाखच भरिएको हलमा
अकस्मात अर्कै रौनक आएको थियो।

नेपालकै गाउँ घरको बिहेवर्तन, चाड पर्वमा पन्चे बाजामा नाचेको  दर्शकहरुलाई झल्को दिँदै पन्चे बाजाको टोली मन्चमा उक्लेर म्याग्दीको सिंगा तातोपानी  बोलकोअमृत राम्दामले पन्चे बाजामा गित झिक्न थालेपछी सारा दर्शकहरु दगुर्दै मंच अगाडी पुगेर  पन्चे बाजामा नाचेका थिए।

माघे संक्रान्ती कार्यक्रमका मुख्य संयोजक पुर्ब बेलायती सेनाका क्याप्टेन दल बहादुर रोका (QGO) ले मिडियाकर्मी तथा सिने कलाकार सरोज केसीलाई मगर समुदायको भेष भाङ्ग्रा खादी र टोपी लगाई दिएर केसीलाई मगर जस्तै दिएपछी  सरोज केसीले बडो आकर्षक पाराले सांस्कृतिक कार्यक्रम संचालन गरेका थिए।

‘ढ्याक् ढ्याक् र ढुस् ढुस् गर्ने आधुनिक गित, पप् गित, अंग्रेजी र हिन्दी गित हामीले गाउँदैनौं
नेपालको ठेट लोक गित, लोक नृत्य र नौमती पन्चे बाजा प्रस्तुत गरेर  नेपालको लोक संस्कृतीको संरक्षण, प्रबर्धन गर्ने प्रयास गरेका छौं ‘ मगर संघ अमेरिकाका सक्रिय कार्यकर्ता निलम थापामगरले बिआरटीनेपाल लाई बताए।

खाजा नास्ता स्न्याक्स, पे बार र रात्री भोज सहित माघे संक्रान्तीको रम् झम् नाचगान रातिको एक बजे सम्म नै चलेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू