अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२४ | Colorodo: 14:39

हाँस्यकालाकार मनोज गजुरेसंग डिभोर्स पछि मिनाले पहिलो गीत ‘आँखा जुध्यो’ रेकर्ड गरिन् (भिडियो)

बिआरटीनेपाल २०७४ माघ २१ गते २२:३६ मा प्रकाशित

चर्चित हाँस्यकालाकार मनोज गजुरेलसंग २२ बर्ष लामो बैबाहिक सम्बन्ध पछि डिभोर्स गरेर पछिल्लो समय चर्चामा आएकी मिना ढकालले आफ्नो पहिलो गीत रेकर्ड गराएकी छन् । दिपक राज पाठकको शब्द र राम कार्कीको संगीत रहेको आँखा जुध्यो माया बस्यो बोकको गीत शनिबार रेकर्ड गरेर उनले गायन यात्राको सुरु गरेकी हुन् ।

आफ्नो बारे आएका नकरात्मक कुराले आफुलाई कुनै फरक नपारेको भन्दै मिनाले भनिन् -‘म कसैको आमा र दिदी बहिनी जस्तै हुँ मेरा पनि रहर थिए, गायन मेरो सानैबाटकको रुचि हो । आज मैले आएर यो रहर पुरा गर्दा अनावश्यक गाली गलौज र अभद्र शब्द बोल्नु राम्रो होईन ।’

यो समय आफुलाई रोमान्टिक गीत गाउन मन लागेकाले रेकर्ड गराएको मिनाले बताएकी छन्
भने संगीतकार राम कार्कीले पनि मिना ढकालले यो गीतमा गरेको मेहनतले आफुलाई प्रभावित गरेको बताएका छन् ।

प्रतिक्रिया