अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

गायिका जुनु गौतमको प्रेम दिवस बिषेश गीत ‘साथी’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ माघ २१ गते २१:५८ मा प्रकाशित

प्रेम दिवसको छेको पारेर गायिका जुनु गौतमको स्वरमा रहेको भ्यालेनटाइन स्पेशल गीत ‘साथी’भिडियो सार्बजनिक गरिएको छ ।

सेलिब्रेटी नेपालको प्रस्तुति रहेको जुनुको साथीमा आफ्नो प्रेमीको प्रशंशा गरिएको छ र भरपुर माया व्यक्त गरिएको छ । त्यसैले भ्यालेनटाइन स्पेशल गीतको रुपमा यहि समयमा सार्बजनिक गरिएको गायिका जुनु बताउछिन ।  गायिका जुनुको स्वर रहेको गीत ‘साथी’मा शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ ।

सुरेश काफ्लेले ड्रोन शट खिचेका छन् । जे.डी.क्रियसनको निर्माणमा बनेको भिडियोलाइ सुरेश काफ्ले र ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।  मिलन दाहाल र निशा घिमिरेलाइ फिचर गरिएको भिडियो उत्कृस्ट बनेको छ  ।

प्रतिक्रिया