अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दर्ता गरिएका समाचार नै ‘झुटा’ ठहर

बिआरटीनेपाल २०७४ माघ २१ गते २१:५५ मा प्रकाशित

बेइजिङ, चीन, चिनियाँ पत्रकार सङ्गठनले सन् २०१६ र २०१७ मा प्रकाशित गरिएका समाचारमध्ये राष्ट्रिय उत्कृष्ट पत्रकारिताका लागि दर्ता भएका ९२ समाचारलाई झुटा विवरण भनी आइतबार प्रतिस्पर्धाका लागि अयोग्य ठहर गरेको छ ।

अयोग्य ठहर गरिएका समाचार विवरणमध्ये ७१ समाचार रेडियो तथा टेलिभिजनका लागि तयार गरिएका समाचार रहेका सङ्गठनले उल्लेख गरेको छ ।

सङ्गठनले केही समाचार विषयको वास्तविक भाव परिवर्तन गरी प्रतिस्पर्धाका लागि दर्ता गरिएको तथा केही समाचार सामग्री झुटा रहेको बताएको छ ।

समाचारमा तथ्यगत सामग्रीको प्रयोग नगरिँदा यसले चिनियाँ पत्रकारिता पुरस्कारमाथिको विश्वसनीयता तथा विशेषतामा नै असर पर्ने चिनियाँ पत्रकार सङ्गठनले जनाएको छ ।

सङ्गठनले पुरस्कारका लागि तय गरिएको उक्त मापदण्डले झुटा समाचार निर्माण तथा प्रसारणमा योगदान गर्ने विश्वास लिएकोे बताएको छ ।

सङ्गठनले सन् १९९० मा स्थापना गरेको चिनियाँ पत्रकारिता पुरस्कार र चाङजियाङ तथा ताओफेन पुरस्कारहरू चीनको पत्रकारिता क्षेत्रमा सबैभन्दा उत्कृष्ट (ठुला) पुरस्कारहरू हुन् । रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू