अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अमेरिकाको अष्टिनमा स्वास्थ्य जागरुपता कार्यक्रम हुँदै

बिआरटीनेपाल २०७४ माघ २१ गते ८:२४ मा प्रकाशित

अमेरिकाको अष्टिनमा स्वास्थ्य जागरण कार्यक्रम हुने भएको छ । शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य जीवनशैली नअपनाउँदा त्यसले मानिस स्वास्थ्य समस्यामा मात्र होइन सामाजिक दुर्घटनाको समेत सिकार हुनुपरेको आजको समयमा यसको न्युनिकरण र स्वस्थ शुरिक्षत जीवनशैली सम्बन्धी सचेतनामुलक अभियान स्वरूप स्वस्थ जागरुपता सम्बन्धी कार्यक्रम हुन लागेको हो ।

GANS हेल्थ डिपार्टमेण्डले आयोजना गर्न लागेको यस कार्यक्रममा सम्बन्धित विषयमा बिज्ञता हासिल गरेका डा. राजेन्द्र पारिख, डा.नवीन दाहाल,डा. प्रमोद शर्माले सचेतनामुलक प्रशिक्षण दिने छन् भने भने डा. शर्मिला भट्ट, कृष्ण जिसीबाट पनि यस कार्यक्रमका उपस्थितहरूले विभिन्न स्वास्थ्य विषयक लाभ उठाउन पाउने छन् ।

फेब्रुअरी २५ आइतबारका दिन दिउँसो २ बजेबाट सुरु हुने यो कार्यक्रमबारे आयोजक ले आफ्नो सामाजिक सञ्चालमा लेखेको छ । स्वास्थ्य नैं धन हो । शारीरिक तथा मानसिक रूपमा स्वस्थ जीवन बाँच्नका लागी ध्यान दिनैं पर्ने कतिपय साना कुराहरूमा पनि हाम्रो ध्यान पुगिरहेको छैन । यसले गर्दा रोगी हुने मात्रै हैन अप्रिय घटनाहरू पनि ब्यहोरी रहनु परेको छ । खास गरी मानसिक समस्या र उपचार (mental health) को बारेमा त हाम्रो कम मात्रै ध्यान गएको छ। त्यस्तै लुटपाट, अपहरण र हत्या जस्ता दुर्घटनाहरू पनि हुने गरेका छन् । संघर्षपूर्ण जीवनमा हामीले आफ्नैं बारेमा चैँ त्येती ख्याल पुर्‍याएका छैनौँ । 

आउनोस् यो महत्त्वपूर्ण प्रशिक्षित हुने अवसरलाई उपयोग गरौँ । यसको अत्यावश्यकताक महसुस भएर नैं हामीले यस्तो कार्यक्रमको आयोजना गरिएका हौँ । अमेरिकी सामाजिक संगठनहरुले यस्ता बिषयहरुलाई महत्त्व दिने र आफ्नो जिम्मेवारी अन्तर्गत राख्नु पर्दछ भन्ने पनि ग्यान्सको मान्यता रहेको छ । यसमा हामी तपाईँहरूको सल्लाह सुझाव र सहभागिताको अपेक्षा राख्दछौँ ।

नेपाली समुदाय लक्षित यो कार्यक्रम Wells Branch MUD Recreation Center, 3000 Shoreline Dr, Austin, TX 78728 हुनेछ ।

प्रतिक्रिया