अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

अष्टिनमा आयोजना हुन लागेको ‘एनआरएन हेल्प डेस्क’ उद्घाटन कार्यक्रम भव्य बनाइने, तयारी शुरु

के सी शेर - अष्टिन टेक्सास २०७४ माघ २१ गते ८:२६ मा प्रकाशित

यही फेबु्रअरी १७ तारिख शनिवार टेक्सासको अष्टिनमा आयोजना हुन लागेको एनआरएन अमेरिकाको हेल्प डेस्क तथा टोल फ्रि नम्बर उद्घाटन कार्यक्रम भव्य बनाइने भएको छ ।

गैर आवासीय नेपाली संघ एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिकाले पहिलो पटक टेक्सासको राजधानी अष्टिनमा आयोजना गर्न लागेको हेल्प डेस्क तथा टोल फ्रि नम्बर उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न तयारी थालिएको एनआरएन अमेरिका टेक्सास च्याप्टर महासचिव पदम ठकुराठीले जानकारी दिनुभयो ।

गैर आवासीय नेपाली संघ अमेरिकाले यती ठुलो केन्द्रिय कार्यक्रम टेक्सासको अष्टिनबाट उद्घाटन गर्न लागेकोमा अष्टिनवासी नेपाली हर्षित छौं महासचिव ठकुराठीले भन्नुभयो कार्यक्रम भव्य रुपमा सफल पार्न अष्टिनवासी नेपालीको सहयोगको खांचो छ ।

अमेरिकामा रहेका नेपालीहरुलाई आइपर्ने समस्या समाधानका लागी पहल गर्न एनआरएन अमेरिकाले हेल्प डेक्स तथा समस्या जानकारी गराउने हेतुले टोल फ्री नम्बरको उद्घाटन गर्न लागेको एनआरएन अमेरिकाकी उपाध्यक्ष तथा हेल्प डेस्क संयोजक उमा कार्की थापाले बताउनुभयो । उपाध्यक्ष थापाका अनुसार उद्घाटन कार्यक्रममा नेपाली राजदुत डा. अर्जुन कार्की, एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल लगायत अमेरिकामा रहेका बिभिन्न नेपाली संघ संस्थाका नेतृत्वदायी भुमिकामा रहेका व्यक्तिहरु सहभागी हुनेछन् ।

राजदुत डा. कार्कीले कार्यक्रममा सहभागी हुने निश्चित गरिसक्नुभएको छ उपाध्यक्ष थापाले भन्नुभयो जन सम्पर्क समिती, प्रबासी मंच लगायत अन्य संघसंस्थाका पदाधिकारीहरु संग कार्यक्रममा सहभागी गराउन समन्वय भइरहेको छ । अष्टिनस्थित मा हुने कार्यक्रम मध्यान्ह १२ बजेपछि शुरु हुनेछ ।

अष्टिनमा पहिलो पटक एनआरएनहरुको ठुलो जमघट हुन लागेकोले अष्टिनवासी नेपालीहरुले सहभागीता जनाएर कार्यक्रम सफल पार्नुपर्नेमा ग्रेटर अष्टिन नेपाली सोसाइटीका पुर्ब अध्यक्ष गेहेन्द्र के सी को जोड छ । केसीले सामाजिक संजालमार्फत सबै सहभागी हुन अनुरोध गर्नुभएको छ । एनआरएन अमेरिकाको केन्द्रिय कार्यक्रम अष्टिनमा पहिलोपटक हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू