अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०९ | Colorodo: 12:24

राष्ट्रियसभा निर्वाचन:नेपाली काँग्रेस प्रदेश नं ४ का प्रतिनिधि गोपालमान श्रेष्ठ

बिआरटीनेपाल २०७४ माघ २१ गते ६:३० मा प्रकाशित

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेसले सबै प्रदेशमा प्रतिनिधि खटाएको छ । यस अघि प्रदेश नं १ मा डा. डिला संग्रौला, प्रदेश नं २ मा विमलेन्द्र निधि, प्रदेश नं ३ मा डिना उपाध्याय, प्रदेश नं ५ मा बालकृष्ण खाँण, प्रदेश नं ६ मा जीवनबहादुर शाही र प्रदेश नं ७ मा एनपी साउदलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइसकेको नेपाली काँग्रेसले बाँकी रहेको लागि प्रदेश नं ४ मा मा उपप्रधानमन्त्री एवं पार्टी नेता गोपालमान श्रेष्ठलाई केन्द्रीय प्रतिनिधि तोकेको हो ।

गोपालमान श्रेष्ठ स्याङजा क्षेत्र नं.१ बाट विजयी सभासद हुन् । राजनैतिक यात्राका क्रममा साढे पाँच वर्ष जेलमा विताएका श्रेष्ठ २०४८ र २०५६को संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।  भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री र उद्योग मन्त्रीको जिम्मेदारी सम्हालि सकेका श्रेष्ठ २०१७ सालदेखि, विद्यार्थी अवस्थाबाटै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील थिए ।

२०३६को जनमतसंग्रह,२०४२ को सत्याग्रह,२०४६ को जनआन्दोलन र २०६२(६३को दोस्रो जनआन्दोलनका सक्रिय सहमागी रहेका उनले अर्थशास्त्रका स्नातक गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू