अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०८ | Colorodo: 22:23

ANHSद्वारा भर्जिनिया सडक दुर्घटनामा घाईते सन्तोषी नेपालीलाई आर्थिक सहयोग

विजय थापा २०७४ माघ २१ गते ५:५१ मा प्रकाशित

डिसी महानगर क्षेत्रको मनाससमा स्थापित सकृय सामाजिक सँस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) द्वारा सन्तोषी नेपालीलाई सहयोग गरेको छ l  भर्जिनियाको मनाससमा गत जनवरी २२ का दिन बेलुका ७ बजे बाटो पार गर्न लाग्दा २५ बर्षकी सन्तोषी नेपालीलाई ठक्कर दिई घाइते बनाई अस्पताल समेत भर्ना भएकी सन्तोषी नेपालीलाई ‘एएनएचएस’ ले आर्थिक सहयोग गरेको हो l

उनलाई एएनएचएस कि सभापति कमला खरेल लगायत समिति सदस्य तथा समुदायका सदस्यहरुले सन्तोषी नेपाली लाई भेटि $ १ हजार ३ सय ८२ डलर हस्तान्तरण गरेको छ l र गत हप्ता मा समेत नेपालीलाई भेट गरेकी संस्थाकी अध्यक्ष खरेलले ईनेप्लिज संग कुरा गर्दै आज भेटघाट गर्ने क्रममा उनको स्वास्थ्यमा सुधार भएको बताईन l

खरेलले अझ उनलाई दुई महिना जति आराम गर्नु पर्ने बताउदै आफ्नो संस्था संग आवद्ध सवैले खुला हृदयले सहयोग गरेकोमा सवैलाई धन्यवाद दिदै यसै गरि वुड ब्रिज मा अस्पताल सघन कक्षमा भर्ना भएका दुर्गा पुन लाई पनि सहयोग गर्ने पहल भै रहेको बताईन l

अहिले को ताजा जानकारी अनुसार गो फन्डमा २ हजार ३ सय डलर जम्मा भएको छ भने १० हजार डलर उठाउने योजना राखिएको छ l घाईते नेपाली का पति लाई अमेरिकन दुताबासले प्रवेश आज्ञा अस्विकार गरे पछि अमेरिकामा नेपाली लाई हेरचाह को लागि उनको बैनीलाई झिकाउने प्रयास भै रहेको छ l

सन्तोषी आफ्नै भाडा को कोठामा आराम गरि रहेकी छिन् भने अमेरिका नेपाल सहयोगी समाज का प्रतिनिधिले निवास मै गएर भेटेका हुन् l सन्तोषी नेपालको नुवाकोट निवासी नेपाली २ बर्ष अगाडि बिबिधता चिठ्ठा मार्फत अमेरिका आएकी हुन भने उन्को बसाई मनाससमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू