अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४९ | Colorodo: 01:04

‘धिताल फिल्मस् प्रा.ली’ विश्वकै लामो गीत बनाएर रेकर्ड राख्ने तयारीमा

बिआरटीनेपाल २०७४ माघ २१ गते ३:१० मा प्रकाशित

विश्वकै इतिहासमा अहिलेसम्मकै लामो गीत तथा म्युजीक भिडियो निर्माण गरेर विश्व रेकर्ड राख्ने तयारीमा धिताल फिल्मस् प्रा.ली जुटेको छ । ‘द अर्थ’ नामक एल्बमबाट उक्त गीत सार्वजनिक गरिने बताइएको छ । यहि माघ २६ गते पत्रकार सम्मेलन गर्दै उक्त गीतको बिमोचन गरिने धिताल फिल्मस्ले जनाएको छ ।

गीतलाई गायक लक्षु प्रकाश मल्लले स्वर भरेका छन् साथै गीतमा शब्द, संगीत तथा एरेन्ज पनि लक्षुले नै गरेका छन् । बिग परिवेश रेर्कडिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा शब्द संयोजन सुमन थापा मगरले गरेका छन् भने भिडियोलाई होम धितालले निर्देशन गरेका हुन्  । गीत कति मिनेटको छ भन्ने बारे खुलाइएको छैन । सबैकुरा पत्रकार सम्मेलन मार्फत जानकारी दिइने बताइएको छ । पत्रकार सम्मेलन माघ २६ गते दिउँसो २ बजेका लागी रिपोर्टस क्लबको केन्द्रिय कार्यालय काठमाडौंमा राखिएको छ ।

प्रतिक्रिया